तपाईको पोल खोल्न सक्छ Blood Group ले ?

0
178

तपाईको पोल खोल्न सक्छ Blood Group ले ?

तपाईको पोल खोल्न सक्छ Blood Group ले ?रगत जीवजन्तुहरुको शरीरमा पाइने रातो तरल पदार्थ हो जसले शरीरको कोषहरुमा आवश्यक पदार्थहरु जस्तै पोषक तत्व र अक्सिजन पुराउछ। यो प्लाजमा र रक्त कोषहरुको समिश्रणले बनेको हुन्छ। धमनी नली तथा शिरा नलीमार्फत शरीरमा रगतको संचार हुन्छ। विशेषत: धमनी नलीले मुटुबाट शुद्ध रगत विभिन्न अङ्गहरूमा पुराउछ भने शिरा नलीले अशुद्ध रगतलाई मुटुसम्म पुराउछ।

मानव शरीरको कुल वजनको ७% मात्र रगत हुन्छ। मानव शरीरमा औसत ५.५ लीटर रगत हुन्छ। प्लाज तथा विभिन्न रक्तकोषहरु जस्तै, रातो रक्तकोष, स्वत रक्तकोष, प्लेटलेटस् मिलेर रगत बनेको हुन्छ। रगतमा प्लाज्मा ५४.३%, रातो रक्तकोषहरु ४५% र सेतो रक्तकोष ०.७% को मात्रामा हुन्छ।

यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।

क) Group O

संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुसन्धानको क्रममा पाईएको थियो।

ख) Group A

यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensitive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।

ग) Group B


यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।

घ) Group AB

यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।